अर्घाखाँचीडट्कम संवाददाता
दुर्वांङ्ग (अर्घाखाँचीडट्कम) । प्रहरी चौकी खिल्जी अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची भुमिका स्थान नगरपालिका वडा नं.७ खिल्जी स्थित दुर्वांङ्गमा जुवातास नियन्त्रण,घरेलु हिंसा, महिला हिंसा र बालबिबाह सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
दुर्वांङ्गका स्थानियबासी , भद्रभलादमी, समाजसेवीको उपस्थितिमा प्र.ना.नि.देव बहादुर के.सी.ले लागु औषध नियन्त्र्ण ,जुवातास नियन्त्रण,घरेलु हिंसा, महिला हिंसा र बालबिबाह सम्बन्धी बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।