मैदानको केन्द्रमै रहेको पानी पधेरो संकटमा स्थानीय निकायको ध्यान सड़कमै केन्द्रीत (भिडियो, तस्बिर सहित)

डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँची डटकम / व्युरो) । आफ्नो आँखाको वरिपरी रहने नाक,मुख, निधार र गाला देख्नको लागी ऐना नै आवश्यक रहन्छ भन्ने कथन प्राकृतिक स्रोतमा पनि देखिन लागेको छ । सामन्यत: पालिका कै राजनीतिको मुख्य आँखडा मानिने पाणिनी गाँउ पालका वडा नं ५ मैदान सड़क संजालले संभवत: अर्घाखाँची कै एक नं नमूना मै पर्छ भन्दा अनर्थ नलाग्ला भन्न सकिन्छ ।

कुनैपनि स्थानमा विकासको लागी विनाश पनि जरुरी हुन्छ त्यो पनि सत्य हो तर रक्तनली नै वन्द गरी सरिरलाई जीवित राख्छु भन्नु कति सम्म ठिक हो त्यो सोचनिय विषय वन्ने गर्दछ ।  अर्घाखाँची क्षेत्र नं २ वाट निर्वाचित प्रदेश न. ५ सांसद रामजी प्रसाद घिमिरेले पानि प्युने पधारो यहि हो भन्दा अपत्यार लाग्न पनि सक्छ । यदि वाहिरवाट आउने पाईपलाइनको पानि वन्द भयो भने मैदानको ठुलो जनसंख्या यहि पधेरोमा निर्भर रहनुको अर्को विकल्प छैन ।
मैदान सेरोफोरो वाँसीको मुटु मै रहेको यो पधेरो सदाबहार पानि रहि रहने स्थायी मुहान हो । मैदान केम्राघारी हुदै पाणिनी गाँउ कार्यापालिका कार्यालय  आवाज़ जावत गर्ने सड़क किनारमै रहेको यो पझेरो विगत चार पाँच महीना देखी संकटमा छ । सायद आममानिस नै हुन्थ्यो त वुटवल र काठमाण्डौ तथा नेता नै हुन्थ्यो त सिंगापुर र अमेरिका उपचारका लागी पुर्याईन्थ्यो होला । यो पधेरोमा यसरी छत नै नष्ट हुनेगरी रुख़ले च्याप्दा पनि कतै कसैको ध्यान पुग्न नसक्नु ले स्थानीय निकाय र जनताको नियत माथी नै प्रश्न चिन्ह खड़ा गरेको छ ।
यसै त संकटमा परेको पानि पधेरो त्यसैमाथी स्वास्थ्य चौकिको सड़क नाली पधेरो निकट निकासी गर्नुले मानव स्वास्थ्यमै पनि असर नपार्ला भन्न सकिदैन यस्तो गर्नु पुग्नु कति उचित हो सम्बन्धित निकायको ध्यान समयमै पुग्न जरुरी छ । मानवीय जनस्वास्थ र प्रकृतिक स्रोतको संरक्षण गर्नमा स्थानीय निकायको समयमा ध्यान पुग्न जरुरी देखिन्छ । पाणिनी वडा नं ५ मा रहेको यो पधेरोमा वडा कार्यालयवाट समयमै समस्या समाधान हुन सकेको खण्डमा सकरात्मक संदेश प्रवाह हुनेमा कुनै संका छैन ।
स्थानीय नेता र जनप्रतिनिधीको ध्यान यस क्षेत्रमा समयमै लागेमा हिउदमासमा पानी संकट केही हद सम्म कमी हुनेछ मात्र हैन तवमात्र मैदानको नेतागीरीको सार्थकता रहने छ । तस्वीर डिआरजी सुमन/अर्घाखाची डटकम

अन्य समाचारहरु