अर्घाखाँचीबाट ११ जना प्रहरी कारबाहीमा

Image result for जिल्ला प्रहरी कार्यालय अर्घाखाँची

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । कारवाही कानुन मिच्ने जोसुकैलाई हुन्छ भन्ने यो तथ्याङ्कबाट पुष्टी हुन्छ, चाहे त्यो कानुनकै रक्षक किन नहोस ? प्रहरीलाईनै कारवाही भन्दा अनौठो लाग्न सक्छ तर अनुशासनहिन काम गरेको भन्दै अर्घाखाँचीबाट ११ जना प्रहरी कारवाहिमा परेका छन । 
प्रहरी मर्यादा विपरित काम गरेको भन्दै अर्घाखाँचीबाट ११ जना प्रहरी कारवाहिमा परेका प्रहरी कार्यालय तुलसीपुर दाङ्गले जानकारी दिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १५ जना, कपिलवस्तुबाट २०, नवलपरासीबाट ९, पाल्पाबाट ४, प्यूँठानबाट २, बाँकेबाट ३२, पूर्व रुकुमबाट २, बर्दियाबाट २८, रोल्पाबाट ७ र गुल्मीबाट १ जना प्रहरी कारवाहीमा परेका हुन । उनीहरूले सन्तोषजनक काम नगरेको, आदेश नमानेको, अनुशासनहीन काम गरेको जस्ता कारणले कारवाही गरिएको प्रदेश–५ प्रहरी कार्यालय तुलसीपुरका डिएसपी नवराज पोखरेलले बताउनुभयो ।
प्रदेश–५ मा अनुशासनहीन काम गरेको भन्दै १७६ प्रहरी कारबाहीमा परेको प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कारबाहीमा परेका मध्ये ७ जना प्रहरी निरीक्षक, २९ जना प्रहरी सहायक निरीक्षक, २५ जना हवल्दार र ११६ जना जवान रहेको पोखरेलले जानकारी दिनुभयो । जसमा ९ जनालाई निलम्बन तथा ७ जनालाई तलक स्केलमा घटुवा गरिएको छ ।
डिएसपी पोखरेलले दिएको जानकारी अनुसार नैसियदमा ९९ जना, पदोन्नति रोक्का १३ जना, तलबबृद्धि रोक्का १० जना, सेवाबाट हटाइएका १६ जना, तल्लो टाइम स्केलमा घटुवा १ जना, सक्त चेतावनी १६ जना, चालचलनमा प्रतिकूल राय ५ जना लाई दिईएको छ ।

अन्य समाचारहरु