अर्घाको बिहार बजारमा कार दुर्घट्ना

अर्घाखाँचीडट्कम संवाददाता 
बिहार, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर -१० अर्घाको बिहार मुगलिन बजारमा कार दुर्घट्ना भएको छ । 
अर्घाको बिहार मुगलिन बजारमा मे १६ ब ६३८१ नम्बरको कार दुर्घट्ना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा मालारानी गाउँपालिका वार्ड न ४ खनका भिम प्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र बाँगीका बिकास भुसाल, चालक अशोक खड्का  रहेका छन् । 
कार सडक मुनी खेतमा पल्टिएको छ । दुर्घट्नामा परेकी बिमला घिमिरेलाई बुटवल रिफर गरिएको छ । अरुको सामान्य अवस्था रहेको छ । 
दुर्घट्नाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।   
तस्बिर: फेसबूकबाट

अन्य समाचारहरु