दिनेश सुनार
गोरसिङे, असार २४ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ४ साबिकको खन गा.बि.स वडा नम्बर -१ पखेरा निवासी अन्दाजी २३ बर्षिय पुष्कर खनालको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ।
शनिवारको दिन पारि ३ वटा मोटरसाइकलमा आफु (पुस्कर ) सहित आफ्ना दाजु भाइ र साथिभाइहरु बुटवल देखि कपिलबस्तु गोरसिङेमा रहेको जग्दिसपुर ताल सम्म घुम्न निस्किएका थिए । सो क्रममा गुरुसिङ्गेमा जागीर गर्दै आएको पुस्करको साथी प्रकाश कुवर र उसको अर्को साथी पनि ताल सम्म घुम्न पुगि साझतिर प्रकाशले उनिहरुलाइ शुभ यात्रालो कामना गरि बिदाइ गरेको बताउछ्न ।
छुट्टीको दिन (शनिवार ) दिनभरि घुमेर साँझ पख बुटवल फर्किने क्रममा कपिलबस्तुको पिपरा भन्ने ठाउँमा बिपरित दिशा बाट आइरहेको साइकल यात्रुलाइ जोगाउने क्रममा आफ्नै भाइ पर्ने खनै निवासी गणेश खनालले चलाइरहेको लु ४१ प ४४०३ नम्बर को मोटरसाइकलको एक्कासि ब्रेक लगाउँदा पछाडी पट्टि बसेका २३ बर्षिय पुष्कर खनाल मोटरसाइकल बाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
गम्भीर घाइते उनलाई दुर्घटनास्थल पिपरा बाट गत मिति २०७६ साल असार २१ गते शनिवार साँझ करिव ४/ ५ बजेको समयमा अचेत अवस्थामा उद्वार गरि उपचारका लागि एम्बुलेसं मार्फत तुरुन्तै बुटवल अस्पतालमा लगिएको थियो ।
बिडम्बना,उनको उपचारको क्रममा असार २३ गते सोमबार दिउँसो निधन भएको हो । साथै बुटवल अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरिदिएका थिए ।
मृत्यु हुने पुस्कर खनाल खन निवासी जनादर्न खनालका साहिला छोरा रहेको छन । खनाल केहि साल यता बुटवलमा बसेर उच्च शिक्षा हासिल गर्दै आएका थिए ।
बाल्य काल देखि SLC सम्म श्री कालिका ने.रा मा.वि खन लुटिपोखरीमा अध्ययन गरेका पुस्तकर कक्षाको एकदमै अनुशासित र क्षमतावान छात्रको रुपमा परिचित छ्न । उनि बुटवलको बहुमुखी क्याम्पसमा ब्याचलर पढ्दै आइरहेका र उनि क्याम्पसका एकदमै जेहेन्दार बिधार्थी थिए । पुस्करका घरमा उनका ३ दाजुभाई र बाबु आमा रहेका छन । उनी समय समय कलेजमा आफुलाइ टप पोजिसन मा राख्दै आएको र पछिल्लो समयमा दर्शन र समसामयिक विषयमा सान्दर्भिक लेख र खोज गर्दै आम मानिसहरुको समेत मन जित्दै आएका थिए ।
मृतक पुस्करको बुटवल अस्पतालमा पोस्टमार्टम पछी निजका घरपरिवारहरु द्वारा असार २३ गते साँझ बुटवलको एक घाटमा शवको अन्तिम दाहसंस्कार गरिदिएको खबर छ ।
अकाल्मै मृत्युको शिकार बनेका खनाल घरपरिवार आफन्तजन, गुरु र साथीभाइहरु को निकै प्रीय रहेका छन । यतिबेला उनको अभाव र उनको मृत्युले सम्पुर्ण खनबासीहरु शोकले भावविह्वल बनेका छन ।