अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बढेपछि प्रदेश सरकारद्वारा स्वास्थ्यकर्मीलाई तालिम

अभिनव चौहान
बुटवल ।  अर्घाखाँची लगायत विभिन्न जिल्लामा आत्महत्या गर्नेको संख्या बढेपछि  प्रदेस सरकारले स्वास्थकर्मीलाई बुटवलमा मानसिक रोग सम्बन्धि तालिम शुरु गरेको छ । 
बुटवलस्थित होटेल मेरिगोल्डमा मंगलबार देखि सुरु भएको तालीममा अर्घाखाँचीका करिव २६ जना स्वास्थ्यकर्मीको सहभागीता रहेको छ । 
पछिल्लो समयमा अर्घाखाँची, गुल्मी, पाल्पाा लगायत धेरै जिल्लामा  आत्महत्या गर्नेहरुको संख्या अत्यधिक रपमा बढेकोमा सोही जिल्लाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी आत्महत्या एक मानसिक समस्या रहेकोले समुदायको पहुँचमा रहेका स्वास्थ्यकर्मीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको तालिमका सहजकर्ता पशुपती आचार्यले जानकारी दिए । 
स्वास्थ्यकर्मीको दक्षताबृद्दिको लागी प्रादेशिक अस्पतालका मनोरोग विशेषज्ञहरुको समय मिलाइएकोले कर्मचारीहरु थप क्षमता बिकास हुने आयोजकले जनाएको छ । 
डाक्टर हेल्थ असिस्टेन्ट,नर्सिङ कर्मचारी, अहेबलाई समेटेर संचालित कार्यक्रम ६ दिनसम्म चल्ने छ । 

अन्य समाचारहरु