हंसपुरको बामरुक, ठुलाखर्कका एक युवा भारतको हरियाणाबाट बेपत्ता

अर्घाखाँचीडट्कम संवाददाता 
हरियाणा,  भारत ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ९ हंसपुरको बामरुक, ठुलाखर्कका एक युवा भारतको हरियाणा स्थित चर्खिदादरीबाट बेपत्ता भएका छन् ।  
हंसपुरको बामरुक, ठुलाखर्कका पिताम्वर खनालका ३४ वर्षिय छोरा नारायण खनाल भनेर चिनिंने थानेश्वर खनाल भारतको हरियाणा स्थित चर्खिदादरीबाट बेपत्ता भएका हुन् ।
मंगलबारबाट  बेपत्ता खनाल अहिलेसम्म फेला परेका छैनन् । खनाल बेपत्ता भएपछि नेकपा मसालको मुलप्रवाह अखिल भारत नेपाली एकता समाज खोजी गर्न सबैमा आग्रह गरेको छ । 
कसैले देखेमा  नेपाल:- 009779847396064/81 र भारतको 00919910791711 मा संपर्क गरिदिन अनुरोध गरिएको छ । 

अन्य समाचारहरु