बसन्त आचार्य
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सम्पर्क समिति युएईको पहलमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८, ९ र १३ का आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
अर्घाखाँची सम्पर्क समिति युएईको पहलमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ का ४ घरपरिबार ९ का ६ घरपरिबार र १३ का २ आगलागी पीडित परिवारलाई २५ हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।
सहयोग रकम शितगंगा नगरपालिका वार्ड ९ का वार्ड अध्यक्ष भिम केसी र पत्रकार बिष्णु आले मगर मार्फत हस्तान्त्रण गरिएको थियो ।
साथै अघि पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तरगत छत्रदेब गाउँपालिकामा सम्पन्न भएको र अब तेस चरणको सहयोग हस्तान्तरण कार्यक्रम भुमिकास्थानमा पनि छिटै हुने जानकारी अर्घाखाँची सम्पर्क समिति युएईको अर्घाखाँचीडट्कमलाई गरायो ।