भुमिकास्थानमा १० वार्डका २० जना अपांग बालबालिकालाई शैक्षिक सामाग्री वितरण (तस्बिर सहित)

सुर्य भुसाल
नुवाकोट, अर्घाखाँची । विकलांग मित्र समूह अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र काे अायाेजना भुमिकास्थान नगरपालिकाकाे अार्थिक सहयाेगमा भुमिकास्थान नगर भित्रका विद्यालय उमेरका १० वटा वडाका २० जना अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री   एक कार्यक्रमका विच वितरण गरियाे । 
कार्यक्रममा मा बाेल्दै भुमिकास्थान नगरपालिकाले अपांगता भएका व्यतिलाई विषेश सहयाेग पुग्ने किसिमले विभिन्न  कार्यक्रमकाे याेजना बनाए अनुरुप कम्तीमा पनि विद्यालयमा अध्यानरत अपांगता भएका नछुटुन र विद्यालयमा निरन्तरताकाे लागि प्राेत्साहान स्वरुप वितरण गरिएकाे यसले अध्यनरत बालबालिकालाई  हाैसला प्रदान गर्नेछ भनी कार्यक्रम अधिकृत तथा कार्यक्रमका विषेश अतिथि हरिश्चन्द्र भुसालले  शुभकामना व्यक्त गर्नु भयाे । 
त्यसै गरि समग्र अपांगता भएका व्यतिहरुकाे खासगरी जीवनमा परिवर्तन ल्याउ  नगरपालिकाले विषेश किसिमका कार्यक्रम मार्फत सम्बाेधन गर्ने परिदृयका साथ अगाडिको बढ्ने छ र यस्ले बालबालिकाकाे  अात्मबल बढ्नेछ अपांगता अाफैमा समस्या हाेईन यसलाई अवसरकाे रुपमा लिई अगाडि बढ्नुपर्ने छ , अपांगता भएका व्यति झमक कुमारी घिमिरे , ईस्टाेफल हकिन्स जस्ता अपांगता भएका व्यति भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय भएका छन ,त्यसैले हामी पनि समाजकालागी याेग्दान गर्न सक्ने बन्नु पर्छ भनी कार्यक्रमका प्रमुख अतिथि नगर अपांगता समन्वय समितिका अध्यक्ष तथा नगर उप प्रमुख खडान्द बेलबासेले शुभकामना व्यत गर्नु भयाे । 
कार्यक्रम लेखनाथ अाचार्य काे अध्यक्षता ,नारायण खनालकाे स्वागत मन्तव्य र रक्षा पाण्डे काे संचालनमा ४५ जनाकाे उपस्थितिमा ,भुमिकास्थान नगरपालिकाकाे सभाहलमा सम्पन्न गरियाे ।

अन्य समाचारहरु