अर्घाखाँचीका ३३.१७ % भुकम्प पीडितको घर निर्माण सम्पन्न

श्याम घिमिरे 
सन्धिखर्क, असार २४ अर्घाखाँची  ।  अर्घाखाँचीका ३३.१७ प्रतिशत भुकम्प पीडितको घर निर्माण सम्पन्न भएको छ । 
असार तेस्रो साता सम्म ३३.१७ प्रतिशत भुकम्प प्रभावितले घर निर्माण कार्य सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अर्घाखाँचीले जनाएको छ । २०७२ सालको बिनासकारी भुकम्पबाट जिल्लामा १ हजार ३७ घरहरु क्षेती भएका थिए । 
ती मध्ये ४ सय २१ लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान रकम बुझिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख बलराम मिश्रले जानकारी दिनुभयो ।
जिल्लामा अहिले सम्म ९ सय ५३ जनाले सम्झौता गरी पहिलो किस्ता बुझेका छन् ।प्रवलिकरणमा परेका ६७ जना मध्य कसैलेपनि हाल सम्म काम अगाडी नबढाएको कार्यालयले जनाएको छ । लाभग्राही सुचिमा परेका ८४ जनाले अझैपनि पहिलो किस्ता बापतको अनुदान रकम बुझेका छैनन् भने ८ जनाले पहीलो किस्ता बापत बुझिलिएको ५० हजार रुपैया फिर्ता गरी लाभग्राही सुचिबाट हटेको मिश्रले बताउनु भयो ।

अन्य समाचारहरु