हंसपुरकाे कमेरेपानीमा कांग्रेस मालारानी गाउँपालिकाकाे ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
हंसपुर, अर्घाखाँची । नेपाली कांग्रेस मालारानी गाउँपालिकाकाे ४ दिने प्रशिक्षण कार्यक्रम हंसपुरमा सम्पन्न भएकाे छ ।
हंसपुरको कमेरेपानीमा सम्पन्न चार दिने प्रशिक्षणमा नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रेवतिप्रसाद भुसाल,  केन्द्रीय नीति, अनुसन्धान प्रतिस्ठान प्रशिक्षण सदस्य याेगराज कँडेल र छन्दबहादुर पहराई लगायतले प्रशिक्षण दिएका थिए ।   
कार्यक्रममा प्रदेश सभा सदस्य निर्मला क्षेत्री, पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, क्षेत्रिय सभापति अच्युत गाैतम, महासमिति सदस्य केशव श्रेष्ठ, यादव घिमिरे, जिल्ला सदस्यहरू लाेकेन्द्र विक, माधव पाैडेल, विष्णु क्षेत्री, सीता भुसाल, महिला संघका क्षेत्रिय सभापति शान्ता खनाल, शिक्षक संघ मालारानीका अध्यक्ष शाेभाखर खनाल, तरूण दलका लिलामणि पाेख्रेल, हंसपुरका सभापति गाेपाल विसि, गाेंखुगाका सभापति कविराम पाैडेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम कांग्रेस मालारानीका सभापति शोभाखर खनालको अध्यक्षता, क्षेत्रिय प्रतिनिधि ईन्द्र रेग्मीकाे सञ्चालन र डुकप्रसाद पाेख्रेलकाे स्वागतमा सम्पन्न भएकाे थियो । 

अन्य समाचारहरु