दीपक भुसाल
खिल्जी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
सोही वडाका पूराना कम्युनिष्ट नेता तथा सल्लाहाकार समेत रहेका रुकमांगत गैरेको निधनमा श्रद्धाञ्जली सभा अयोजना गरिएको हो ।
गैरे पार्टी सदस्य हुमकला गैरेका श्रीमान एवं संवाद क्लबका अध्यक्ष एवं पत्रकार राम गैरै,थानेश्वर गैरे र मुकुन्द गैरैका पिता हुनुहुन्थ्यो । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका अध्यक्ष दामोदर बेल्वासे,डिलाराज गैरै लगायतले पार्टीका पुराना नेता तथा अभिभाव एवं इमान्दार तथा कमर्ठ व्यक्तिको निधनले पार्टीमा ठुलो क्षती पुगेको बताउनु भयो ।
यस्तै उहाँहरुले इमान्दरा नेता गैरैले अनुसरण गरेको बटोलाई अगाल्दै सुखी नेपाली समद्ध नेपालको बाटोमा देशलाई अँगाडी बढाउने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
ठाकुर प्रसाद बेल्वासेले सञ्चालन गरेको कार्यक्रममा दर्जन भन्दा बढी नेकपा सँग सम्त्रद्ध नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । स्वर्गीय रुकमांगत गैरेका यही असार १७ गते काठमाडौको ब्लुक्र हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । स्वगीय गैरेका तीन छोरा र एक छोरी रहेका छन् ।