अर्घाखाँचीमा कर्मचारीका सेवा सुबिधा कटौती गरे निजामती कर्मचारी संगठन चुप लागेर नबस्ने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गोबिन्द केसीले कर्मचारीहरुका सेवा सुबिधा कटौती गर्ने गरि कुनै पनि निणय गर्न खोजे आफुहरु चुप नलाग्ने बताउनु भएको छ ।
रेडियो देउरालीको लोकप्रिय कार्यक्रम देउराली बहससँगको छलफलमा अध्यक्ष केसीले संगठले रचनात्मक कामहरु गरिरहेकाले थप नयाँ योजनाहरु पनि सगै अगाडि सारेको बताउनु भयो ।
उहाले सहिद कर्मचारीहरुको सम्मानका लागि पर्यटकिय स्थल सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानिमा एतिहासिक सहिद झपेन्द सुरेन्द्र भुपेन्द स्मृति एतिहासिक पार्क निर्माण गर्न लागेको बताउनु भयो ।
केसिले राष्ट्र सेबक कर्मचारीले जिबनभर राष्ट्रको सेवा गर्दा ज्यानको आभुति दिई सहिद भएका कर्मचारीहरुको सम्मानका लागि झन्डै ५ करोडको डिपिअार बनाई ५0 लाखबाट यो कामको सुरुवात गरेको र आगामि बर्ष ५० लाख गरि १ करोडको काम हुन लागेको बताउनु भयो । 
 नरपानिमा बन्न लागेको यो पार्क निकै आकर्षक छ । केसिले कर्मचारीहरुको  हक अधिकारका लागि आफुहरुले निरन्तर खबरदारी गरिरहेकाले राष्ट्र सेवक कर्मचारीले १० बजे देखि ५ बजे सम्म जनतामुखि मुस्कान सहिदको सेवा दिनु पर्नेमा आफुहरु लागि परेको बताउनु भयो। 

अन्य समाचारहरु