सन्धिखर्कमा देशको बिकासमा युवाको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । देशको बिकासमा युवाको भुमिका बिषयक सन्धिखर्क नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीको अध्यक्षता नगरप्रमुख कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता नगरउपप्रमुख ठाकुर कुमार बिकको बिशिस्ट अतिथ्यता शिक्षा उपसचिव युगल नारायण बस्याल  नगरपालिका सामाजिक समितिका अध्यक्ष ईश्वरी प्रसाद भुसाल जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल  पत्रकार महासघका अध्यक्ष हिम लेकालि सचिब सुर्य भुसालको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो  ।
कार्यक्रम शिक्षा अधिकृत चोपलाल बेल्बासेको सन्चालनमा भएको कार्यक्रममा ८ जना प्रतियोगिहरुको सहभागीता रहेको थियोे । जसमा किमडाडाका रामप्रसाद घिमिरे प्रथम सन्धिखर्क १० कि मेलिना सिह ठकुरी दुईतिय सनपा २ कि सन्ध्या बन्जाडे तृतीय भएका छन ।
उनिहरुलाई नगद पाच हजार तीन हजार र १५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । 

अन्य समाचारहरु