अर्घाखाँचीमा अहिलेसम्म ५५ प्रतिशत रोपाई सम्पन्न

सुरज घिमिरे 
सन्धिखर्क, अर्घाखाँची । निरन्तरको वर्षापछि रोपाईको पर्खाइमा रहेका अर्घाखाँची लगायत विभिन्न जिल्लाका किसानहरु यतिबेला खेतमा धान रोप्न ब्यस्त छन् ।
धान रोप्नको लागि आकासे पानीमा निर्भर रहनुपर्ने बाध्यता रहेका किसानहरु असार महिनाको तेस्रो हप्तासम्म पनि पानी नपर्दा चिन्तित बनेका थिए ।
सोमबारदेखि अर्घाखाँची लगायतका विभिन्न जिल्लाहरुमा निरन्तर पानी परेपछि किसानहरु यतिबेला खुसि देखिएका छन ।
मानो रोपेर मुरी उब्जाउने समय भएकाले अर्घाखाँचीका किसानहरु यतिबेला धान रोप्न ब्यस्त छन् ।
छुपुछुपु धान रोपेको दृश्य संगै असारे भाकाले समेत बिशेष गरि ग्रामीण क्षेत्रमा रौनकता थपिएको छ । निरन्तर बर्षापछि जिल्लाका अधिकांश ठाउँमा रोपाई भईरहेको छ ।
अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
जिल्लाको कुल खेतीयोग्य जमिन ४५ हजार ७ सय १२ हेक्टर मध्ये गत बर्ष ८ सय ५० हेक्टरमा धान खेती गरिएको थियो ।
असारको पहिले साताबाट सुरु हुने रोपाई साउनको दोस्रो साता सम्म सकिन्छ ।

अन्य समाचारहरु