सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । डिभिजन बन कार्यलय अर्घाखाँचीका डिभिजन बन अधिकृत शिव शर्माले अर्घाखाँची जिल्लाका सबै ठाउँमा अनुगमनलाई तिब्र पारिएको बताउनु भएको छ ।
सन्चारकर्मिसँगको कुराकानीमा अधिकृत शर्माले जिल्लामा आफु आए देखि अहिलेसम्म जिल्लाका सबै सामुदायिक बनहरुमा पुगि उपभोक्ताहरुसँग छलफल गरि चोरी निकास रोक्ने बनमा गस्ती बढाउन निर्देशन दिएको बताउनु भयो ।
उहाले अर्घाखाँचीका अधिकाम्स ठाउँमा नरसरीमा बिरुवा उत्पादन गरि बृहत् बृर्क्षा रोपण कार्यक्रमलाई निरन्तरता दिएको बताउदै डिभिजन बन कार्यालयबाट विभिन्न खालका आप लिचि कागतिका बिरुवा बितरण गरेको बताउनु भयो ।
उहाले दक्षिण खाचिमा चोरि निकासि हुन नदिनका लागि बनका कर्मचारीहरुले रातदिन गस्ती गरिरहेकाले चोरि निकासि नहुने बताउनु भयो । उहाले बैज्ञानिक बन ब्यबस्थापन गर्नका लागि उपभोक्ताहरुबाट बढि माग आएको बताउदै तेजपत्ता बिरुवा अर्घाखाँचीमा प्रभाबकारी भएको बताउनु भयो ।
उहाले बन जोगाउनु सबैको दायित्व भएको बताउदै सहयोगका लागि आग्रह गर्नु भयो । जिल्लामा हाल सम्म १४ बटा बैज्ञानिक बन रहेका छन ।