डिआरजी सुमन
मैदान, अर्घाखाँची डटकम/व्युरो । आफ्नै गाँउघरमा होटल व्यवसाय गर्दै परिवारसँग रमाएका पाउँदा आनन्द महसूस गरेको वताउछन पाणिनी ५ काफलवुटा गैरीवजार स्थित होटल व्यावसायि लेखनाथ गैरे ।
आफ्नो व्यावसाय संचालन सँगै समाजसेवी कार्यमा समेत तल्लिन देखिने गैरे यस क्षेत्रको ऐतिहासिक झुमादेवी मन्दिरका संरक्षण समितीका अध्यक्ष समेत रहेर काम गरीरहेको वताउछन ।
विगतका दिनहरुमा देशिक रोज़गार कै लागी भारतको जम्मु कास्मीर,पंजाब, काँगड़ा लगायतका स्थानमा रोज़गार गरी नेपाल फर्किएर नेपालकै स्थापित हुने सोचमा पुगेको उनको धारणा छ ।
सुरुवाति समयमा वुटवल तथा नेपालगन्ज लगायतको स्थानमा होटल व्यावसाय गर्दै हाल भने आफ्नै गाउ मै स्थापित भई सकेको वताउछन ।
पाणिनी गाँउ पालिका वडा नं ५ स्थित लेखनाथ गैरे व्यावसायिक रुपमा संतुष्ट नै रहेको वताउछन । देशवाट वेरोजगारको समस्या लिएर दिनानुदिन विदेशिनेहरुलाई आफ्नै ठाउमा पसीना वगाउनु पर्छ यहाँ नै सवैथोक छ भन्ने उहाको आग्रह थियो ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्