अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठुलापोखराको धरमपानीमा ठूलो परिमाणमा मदिरा बरामद गरेको नष्ट गरिएको छ ।
प्रहरी चौकी अर्घातोष अर्घाखाँचीको आयोजनामा प्र.ना.नि. गिताराम भुसालको कमाण्डमा ४ जना प्रहरी टोली र स्थानिबासिको सहयोगमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत ठुलापोखरा स्थित धरमपानीकी बसन्ता राना र रिना सेनको घरमा रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ जाँड र पास १४ ड्रम गरी अनुमानित ३५० लिटर मदिरा बरामद गरि नष्ट गरेको हो ।