मैदानको नेटाका पोखरा वजार सुन्य, व्यवस्थापन भएन्

डिआरजी सुमन
मैदान, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ५ मैदानको नेटाका पोखरा वजार यस क्षेत्रको सवै भन्दा पुरानो वजार भएता पनि हाल सुन्य जस्तो भएको छ । 
 २० वर्ष पहिला २०५६/५७ तीर यस क्षेत्रको रौनक़ यसरी सुन्यमा पुग्नु दुर्भाग्य जस्तै भएको छ । यो वजार सितगंगा जोड्ने पाणिनीको मुख्य नाका हो भने पाल्पा वुटवल देखी सिधा पाणिनी ६ प्रवेश गर्ने नाकामा रहेको वजार व्यावस्थापन गर्न सकेमा यस वजारका प्रचुर संभावना रहेका छन । 
कालिकाठी हाईल्याण्डको मुटुमा अवस्थित यो वजार पाणिनि ४ पटौटी र पाणिनी ५ मैदानको विचमा छ । 
यो वजारको विकास भविष्यको लागी महत्त्वपूर्ण वन्न सक्ने छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् । 

अन्य समाचारहरु