सन्धिखर्कमा कविता प्रतियोगिता सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा २०६औं भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अर्घाखाँचीको आयोजनामा सम्पन्न नगरस्तरीय खुला प्रतियोगितामा सन्धिखर्क १२ का विक्रम पाण्डे समान्ता। सन्धिखर्क १ की ईश्वरा पराजुली र सन्धिखर्क १० का गोविन्द आचार्यले क्रमशः प्रथम, द्वीतिय र तृतीय पुरस्कार प्राप्त गरेका छन् ।
शिक्षा युवा तथा खेलकुद शाखा सन्धिखर्कका प्रमुख युगलनारायण बसेल, लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पीताम्बर बञ्जाडे र पाणिनि बहुमुखी क्याम्पसकी उपप्राध्यापक मञ्जु घिमिरे पौडेलको निर्णायक समिति रहेको प्रतियोगितामा विभिन्न उमेर समूहका कविहरूले भाग लिएका थिए । प्रतियोगितामा १८ देखि ४० वर्षबीचका प्रतियोगीले मात्र भाग लिन पाउने प्रावधान राखिएको थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत जीवन ज्ञवालीको अध्यक्षता, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालको प्रमुख आतिथ्यता, उपप्रमुख ठाकुर कुमार बिकको विशिष्ट आतिथ्यता साथै लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पीताम्बर बञ्जाडे, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायतको आतिथ्यता रहनुका साथै चोपलाल बेल्बासेको सञ्चालन रहेको थियो ।

अन्य समाचारहरु