अर्घाखाँचीका उद्योगी व्यवसायी आन्दोलित

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका उद्योगी व्यवसायीहरु सामान ढुवानीमा भि.सि.टि.एस सिष्टम र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै विरोधमा उत्रिएका छन । 
अर्घाखाँची उद्योग वाणिज्य संघले भिसिटिएस र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन । 
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउन उद्योग वाणिज्य संघका उपाध्यक्ष जीवलाल बन्जाडे, रामप्रसाद भुसाल , महासचिव प्रदिप मिश्र , सचिवालय सदस्य हुमप्रसाद बन्जाडे लगायतका उद्योगीहरुको समुहले ज्ञापन पत्र बुझाएको हो ।

अन्य समाचारहरु