अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीको इञ्चार्जको जिम्मेवारी नजिर मियाले पाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज तथा सह-इञ्चार्जको टुंगो लगाएको छ। पूर्व सहमति अनुसार पुर्व माओवादी इन्चार्ज पाएको जिल्लामा पुर्व एमालेको भागमा सह- इञ्चार्ज परेको जनाइएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ६ महानगरपालिका र ७७ जिल्लाको इञ्चार्ज तथा सह-इञ्चार्जको टुंगो लगाए सगै नेकपा अर्घाखाँची बाट इञ्चार्ज नजिर मिया ( पुर्व एमाले) र सह -इञ्चार्ज शुसिला श्रीपाली ठकुरी (पुर्व माओवादी )चयन हुनु भएको छ ।
अहिले समाजिक संजाल ,फोन मेसेज बाट पनि शुभकामना दिनेको ओहिरो लागेका छन ।