अर्घाखाँचीमा राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकाे छैठौं जिल्ला अधिवेशन तथा अग्रज स्रष्टा सम्मान कार्यक्रम सम्पन्न (तस्बिर, भिडियो सहित)
श्रावण ८ गते, २०७६ मा प्रकाशित
(प्रकासित मिती: २०७६ श्रावण ७, मंगलवार)
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल अर्घाखाँचीकाे छैठौं जिल्ला अधिवेशन तथा अग्रज स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सन्धिखर्क नगरप्रमुख कमल भुसालबाट उद्घाटन गरेका थिए । अधिवेशनले राजेन्द्र जी सीकाे अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे छ ।
सन्धीखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख अातिथ्यतामा सुरू अधिबेशनमा सितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारी, सन्धीखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार बिक, राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका केन्द्रिय महासचिव सुबास के.सि, नेकपाका प्रदेश सदस्य छमकुमारी खनाल चिनारी, काँग्रेसका सभापति विष्णुप्रसाद खनाल मुस्कान, सन्धिखर्क नगरपालिका वडा अध्यक्ष, जनप्रतिनिधिहरू, पत्रकारहरू, गितसंगित प्रेमि महानुभावहरू लगाएत उपस्थिति कार्यक्रममा कार्यक्रमको उद्घाटन नगरप्रमुख कमल भुसालले मादल बजाएर उद्वघाटन गर्नुभयाे ।
साेहि कार्यक्रममा विभिन्न विदामा अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको छ । कार्यक्रम राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान अर्घाखाँची अध्यक्ष सहयाेगि विसिकाे अध्यक्षता, उपाध्यक्ष राधा अाचार्यकाे स्वागत र सहसचिव सागर परियारकाे सञ्चालनमा उद्वघाटन सत्र सुरू भएकाे छ । साथै अधिवेशनले नयाँ नेतृत्व चयन हुने अायाेजकले बताएको छ ।