सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । लामो समयदेखि काम नगर्ने बिटि जयबाबा जेभि स्वमभ्युको ठेक्का सम्झौता रद्ध गरि कालो सुचिमा राख्ने प्रक्रिया अगाडि बढाईएको सयसालझन्डी – सन्धिखर्क – ढोरपाटन सडक योजनाकाका बिरुद्ध आफुले काम गर्न पाउनु पर्ने कार्यालयले अन्य गरेको भन्दै बिटि जयबाबा नामक कम्पनीले कानुनी उपचार खोज्दै आयोजनाका बिरुद्ध रिट दायर गरेको आयोजना प्रमुख जयलाल मरासिनिले बताउनु भयो ।
पटक पटक आयोजनाले ताकेता गर्दा पनि काम नगरेपछि केही समय अगाडि देखि बिटि जयबाबाको ठेक्का सम्झौता रद्द गर्नका लागि जिल्लाका सासद मन्त्री राजनीति दल सन्चारकर्मी सरोकारवालाहरुले सालझन्डि सडकलाई निकै ठूलो दवाब दिएपछि कार्यालयले कालोसूचीमा राख्ने गरि सार्बजनिक सुचना प्रकासित गरि प्रकिया अगाडि बढाएको योजना प्रमुख जयलाल मरासिनीले जानकारी दिनु भयो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका पाल बिटि जयबाबाले काम नगरेको भन्दै कम्पनिका प्रतिनिधिलाई नियन्त्रणमा लिई दुईदिन प्रहरी हिरासतमा राखेपछि जिल्लाका सासद राजनीतिक दल सरोकारवालाका सामु तीन महिना भित्र काम पुरागर्ने लिखित प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी समक्ष जनाएपछि जयबाबाका प्रतिनिधिलाई काम गर्ने सर्तमा छाडिएको थियोे ।
२०७० सालमा ठेक्का सम्झौता गरेको बिटि जयबाले ६ बर्ससम्म काम नगरेपछि गौरवको अनयोजना सालझन्डि ढोरपाटन सडक अलपत्र परेको भन्दै आयोजनाका प्रमुख समक्ष जिल्लाबासीले ठेक्का सम्झौता रद्द गर्न दबाब दिदै आएका थिए ।
ढुङ्रि देखि कज्चनसम्मको बाटोमा काम नगरेका कारण ठुलायातायातका साधन आबतजाबत गर्न सक्दैनन् । नयाँ योजना प्रमुख हाजिर भएको केहिदिनमै योजना प्रमुख जयलाल मरासिनीले काम नगर्ने आलटाल गर्ने पटकपटक ताकेता गर्दा सुचना प्रकाशित गर्दा समेत सम्पर्कमा नआउने सो कम्पनिलाई ठेक्का सम्झौता खारेज गर्ने र सुचना प्रकाशि भएको मितिले १० औ दिनमा जिल्ला प्रसासन कोष नियन्त्रण कार्यालयको रोहवरमा गरेको कामको नाप जाँच गरि कार्बाहि प्रक्रिया अगाडि बढाएपछि बिटि जयबाबाले मुद्दा दायर गरेको कारण आफु त्यसैको कानुनि प्रतिउत्ररका लागि पोखरा हुदै काठमाडौ पुगेको आयोजना प्रमुख मरासिनिले जानकारी दिनुभयो ।
बिटि जयबाको ठेक्का सम्झौता रद्ध गर्दा जिल्लाबासी सरोकारवाला हर्सित बनेका छन ।