अर्घाखाँचीलाई अबको एक बर्ष भित्र पूर्ण सरसफाइको जिल्ला गराई देशकै नमुना बनाईने

मेलिना सिंह ठकुरी
सन्धिखर्क, अर्घाखाँची   १२ साउन । अर्घाखाँची  जिल्लालाई अबको एक बर्ष भित्र सरसफाइको देशकै नमुना बनाउने कुरालाई सनिश्चवार आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन्। भुमिकास्थान नगर पालिका  प्रमुख रेशम थापाले अाफ्नो पालिकाले सक्दो सहयोग गर्ने बताएका छन ।
 ग्लोबल सेनिटेसन फण्ड/यू.एन. ह्याबिटाट को सहयोग र प्रकाश सचेतन समूह (प्राग)को सहजीकरणमा सनिश्चवार  सन्धिखर्कमा पूर्ण सरसफाइ प्रबर्द्धन /विद्यालय सहयोग कार्यक्रमको कर्मचारीहरूको क्षमता बिकासका लागि राखिएको अभिमुखीकरण तालिममा बोल्ने बक्ताहरुले पूर्ण सरसफाइमा जोड दिएका हुन्। साथै सरसफाइमा सबै लागि पर्न अावश्यक भएकाे बताएका छन्।
 कार्यक्रममा बोल्दै नगर प्रमुख रेशम थापाले सरसफाइका लागि अाफ्नो पालिकाले सक्दो सहयोग गर्ने बताएका हुन । 
UN HABITAT का जिल्ला संयोजक शिवराज न्यौपानेले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिए। प्रागका जिल्ला अध्यक्ष बाबुराम शर्माको अध्यक्ष्यता, भुमिकास्थान नगर प्रमुख रेशम थापाको प्रमुख अातिथ्यता र प्रेमनारायण गैरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा श्यामसुन्दर ढुङ्गाना,कविता गैरे लगायत पालिका र वडाहरुका लागि नवनियुक्त सहजकर्ताहरुको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु