हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची १२ साउन । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरु सम्मानित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँची ले सनिवार होटल साथी सन्धिखर्कमा सम्मान, शुभकामना तथा साक्षात्कार कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
गत साउन ७ गते सम्पन्न राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल अर्घाखाँचीकाे छैठौं जिल्ला अधिवेशन तथा अग्रज स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनले राजेन्द्र जि.सी.काे अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय जिल्ला कार्य समितिकाे गठन गरेकाे थियो । नि.बर्तमान अध्यक्ष सहयाेगी बि.सी ले प्रतिष्ठानकाे ईज्जत् प्रतिष्ठा बढाउँदै दुई कार्यकाल सम्म जिम्मेवारी सम्हाली सफल नेतृत्व प्रदान गर्नु भएको थियो ।
स्वतन्त्र पत्रकारसंघ नेपाल अर्घाखाँचीले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल अर्घाखाँचीका नवनिर्वाचित कार्यसमितिलाई बधाई, सम्मान, शुभकामना तथा साक्षात्कार कार्यक्रममा मन्तव्य राख्दै प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष राजेन्द्र जिसीले संगीत क्षेत्र मा रहेका बिकृतीहरुलाई हटाउदै कला एवं संस्कृति लाई जोगाउन आफु लागी पर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो
।
मन्तव्य राख्दै अग्रज पत्रकार एवं प्रतिष्ठानका नि.बर्तमान अध्यक्ष सहयाेगी बि.सी, स्वतन्त्र पत्रकार संघका संस्थापक अध्यक्ष हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य वसन्त श्रेष्ठ, पत्रकार कमल विष्ट लगाएत को उपस्तिथि रहेको कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष राधा अाचार्य, द्वितीय उपाध्यक्ष मदन नेपाली, महिला उपाध्यक्ष चन्द्रा गैरे, सचिव सागर परियार, काेषाध्यक्ष सन्ताेष शर्मा, सहसचिव बिजय सुनाम, सहकाेषाध्यक्ष तेज बहादुर नेपाली, सदस्य एवं प्रवक्ता तेजेन्द्र पाण्डे, सदस्य कमल खड्का,ठाकुर गन्दर्भ, मान बहादुर नेपाली, दुर्गा सुनार लाई स्वतन्त्र पत्रकारसंघ नेपाल अर्घाखाँची कि अध्यक्ष अम्विका श्रेष्ठले खादा अर्पण गर्नुभएकाे थियाे भने काेषाध्यक्ष अनिता भुसालले टीका प्रदान गरी सम्मान तथा बधाई ज्ञापन गरिएकाे हाे ।
कार्यक्रम अम्विका श्रेष्ठकाे अध्यक्षता र सचिव शिव बेल्वासेकाे संचालनमा सम्पन्न भएकाे हाे ।