अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । यस बर्षको प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई  प्रदान गरिएको छ । 
नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. २०  हजार राशीको पुरस्कार आचार्यलाई प्रदान गरिएकाे हाे ।   नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पाेख्रेलले नगद २० हजार सहित सम्मान पत्रले पुरस्कृत गर्नु भएको हाे । 
अर्घाखाँची ज्रिल्लामा रही विगत १२ बर्ष देखि व्यवसायीक रुपमा सक्रिय पत्रकार आचार्यले अर्घाखाँचीडट्कम, अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक , एभिन्युज टेलिभिजन, उज्यालो नेटवर्क, र रेडियो देउराली सन्धिखर्कमा कार्यरत हुनुहुन्छ ।

अन्य समाचारहरु