बिष्णु खनाल
सन्धिखर्क , अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट एक वृद्ध महिला हराउनु भएको छ ।
छत्रदेव गाउँपालिका वडा नं. ४ साविकको केरुङ्गा ८ भुडडाँडा बस्ने वर्ष ७१ की चोलाकुमारी भुसाल सन्धिखर्कबाट हराउनु भएको हो ।
सन्धिखर्कमा रहेको जिल्ला मालपोत कार्यालयमा कित्ता मिलाउन आफ्ना माईला छोरा भिमलाल भुसालसँगै सन्धिखर्क उहाँ आउनु भएको थियो । हरियो साडी, कालो चोलो, कालो थोप्ला मिसिएको सल लगाएको उहाँ राम्रोसँग बोल्न समेत सक्नुहुन्छ । सोमवार दिउँसो १ बजेको समयमा लेखापढीमा बस्नुभएकी भुसाल त्यहाँबाट हराउनुभएको हो ।
आफन्त कहिकतैपनि पनि नजानु भएको हुदा फेला पार्नुहुने महानुभावले निजका छोरा भिमलाल भुसालको सम्पर्क नं. ९८४१४३९४४८ मा सम्पर्क गर्न उहाँका छोराले अनुरोध गर्नुभयो ।