किमडाँडाका पुष्करनाथले व्यवसायिक कृषिबाट कमाउँछन बार्षिक १५ लाख

सागर महत
किमडाँडा , अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाँडाका एक किसान व्यावसायिक कृषिबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । सिँचाइ तथा प्रविधिको अभावकै बीच विगत ३० वर्षदेखि तरकारी खेतीमा लागेका पुष्करनाथ बन्जाडेको सफलताले कृषि क्षेत्रको सम्भावनालाई उजागर गरेको छ ।वि।स। २०४६ सालदेखि कृषि पेशा अँगालेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडाका पुष्करनाथ बञ्जाडेले सफल किसानको आफ्नो पहिचान बनाउन सफल भएका छन् ।
पाखो जमिन त्यसमाथि सिँचाइको असुविधासँग सामना गरी कृषिमा समर्पित भएका उनले यसबाट करोडाँै रुपैयाँ कमाइसकेका छन् ।कृषि जोन अर्घाखाँचीबाट ८५५ अनुदानमा हाईटेकको प्रयोगमार्फत् लटरम्म टमाटर फलाएका छन् भने पाखो बारीमा बोडी, सेमी काक्रो, बन्दा लौका खुर्सानी मुला फर्सीलगायतका तरकारी मनै लोभ्याउने गरी फलेका छन् ।
यसबाट उनले वार्षिक १५ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।करीब २५ रोपनी क्षेत्रफलमा लगाएको तरकारीले राम्रै बजार पाएको छ । भएका जग्गाजमिन बाँझो राखेर विदेशतिरै भासिने प्रवृत्ति बढिरहेका बेला उनको यो सफलताले स्वदेशमै सफल भइन्छ भन्ने प्रेरणा जगाइदिएको छ ।
पानीको असुविधा भएकाले बर्षाको पानी पोखरीमा संकलन गरी सिँचाइको बन्दोबस्त मिलाएका उनले ४र५ जनालाई रोजगार समेत दिएका छन् ।ज्यालादारीमै भएपनि आफ्नै ठाउँमा काम पाउँदा सहज भएको धनकला मुखिया बताउँछिन् ।
राष्ट्रिय कृषि उत्कृष्ट पुरस्कारबाट सम्मानित बन्जाडे जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउने सोचमा छन् ।कृषि क्षेत्रमा घट्दो आकर्षणलाई वृद्धि गर्न सबैजना हातेमालो गरेर अगाडि बढ्न आवश्यक छ । 

अन्य समाचारहरु