चिदिका र छत्रगंजका ३३८ दलित घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण

बिष्णु कुमार आले 
छत्रगंज, अर्घाखाँची ।  छत्रदेव गाँउपालिलकाले गाउँपािलकाको वडा नम्बर १ चिदिका र ५ छत्रगंजका ३३८ दलित घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरेको छ। 
वडा नम्बर १ का १५७ र वडा नम्बर ५ का १८१ दलित घरपरिवारलाई २० वाटको सोलार बत्ती  वितरण गरिएको  गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए। 
बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ललितपुरले सोलार बत्ती अनुदान सहयोग गरेको हो।
 गाउँपालिकाको ४० लाख रुपैयाँमा सबै वडाका दलित घरपरिवारलाई सोलार बत्ती दिने अध्यक्ष पोख्रेलले बताए।