अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा उद्योग बाणिज्य संघले आयोजना गरेको अस्थाई पान दर्ता तथा नविकरण शिबिरमा शितगंगा नगरपालिकामा रहेका ब्यापारीहरुले प्यान दर्ता गरेका छन ।
शिबिरमा १३६ जना नयाँ ब्यावसायी प्यान दर्ता गरेको शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिरञ्जिवी अधिकारीले जानकारी दिन भयो । १ दिनको लागि आयोजना गरिएको शिबिरमा भिडभाड भए पछि २ दिन सम्म सञ्चालन गरिएको थियो ।
शिबिरमा ५२ जनाले ब्यतिगत प्यान नम्बर दर्ता गराएका छन । यस्तै १४५ जनाले ब्यवसाय नविकरण समेत गरेका छन । २ दिन सम्म शिबिर सञ्चालन गरे पनि ३० भन्दा बढी फाइल फिर्ता गर्नु परेको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
घरेलु तथा आन्तरिक राजश्व कार्यालय कृष्णनगरको टोली शितगंगामै आएर सेवा दिए पछि स्थानिय ब्यापारिको उल्लेखनिय सहभागिता रहेको थियो । आगामी दिनमा पनि बार्षिक रुपमा यस्ता कृयाकलाप हरु सञ्चालन गर्ने शितगंगा उद्योग बाणिज्य संघ शितगंगाका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।