अर्घाखाँचीडट्कम संवाददाता
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका -३ धारापानीको ठुलाखर्कमा प्रहरीको मानव बेचबिखन तथा आत्महत्या रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ठुलाखर्कमा स्थानियबासी, भद्रभलादमी, बुद्दिजीवी, महिला, युवा र बालबालिकाहरुको उपस्थितिमा उक्त छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
प्र.स.नि.कर्ण ब. थापाले मानव बेचबिखन तथा आत्महत्या रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।