अर्घाखाँचीडट्कम संवाददाता
पानडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका – ७ नुवाकोटको पानडाँडा र सल्लिनधारामा महिला हिंसा, घरेलु हिंसा तथा नजिकिदै आईरहेको तिज पर्वलाई समान्य रुपमा मनाउने सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रहरी चौकी खिल्जी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पानडाँडा र सल्लिनधारामा स्थानिय बुद्धिजिवी, भद्रभलाद्मी, महिला तथा बालबालिकाहरुको उपस्थितिमा महिला हिंसा, घरेलु हिंसा तथा नजिकिदै आईरहेको तिज पर्वलाई समान्य रुपमा मनाउने सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
प्र.ना.नि.देव बहादुर के.सी.ले महिला हिंसा, घरेलु हिंसा तथा नजिकिदै आईरहेको तिज पर्वलाई समान्य रुपमा मनाउने सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।