माधव खनाल
ढाकावाङ, अर्घाखाँची श्रावण १६ । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ को आयोजनामा अखिल नेपाल टेडयुनियन महाससंघ अन्टुक भुमिकास्थान नगर सचीव तथा अखिल नेपाल शिक्षक संघ नगर सदस्य युवराज खनालकी ममतामयि माता स्वर्गीय मिना खनालको १२ औं दिनको पुण्य तिथिमा भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङको साम्नेगाउँमा श्रद्धाञ्जली शभा सम्पन्न गरेको छ ।
श्रद्धाञ्जली शभामा राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सदस्य कविराम खनालले श्रद्धाञ्जली मन्तव्य राख्दै स्वर्गीय खनालको निधनले राष्ट्रिय जनमोर्चा अर्घाखाँचीलाई नै अतुलनीय क्षति पुगेको बताउनुभएको छ साथै खनालले उहाले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई आग्रह समेत समेत गर्नुभयो उक्त श्रद्धाञ्जली शभामा भुमिकास्थान नगरपालिका वडा न १र २ अध्यक्षहरु भोजराज खनाल , बुद्धि थापा भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खनाल ,वडा न १ का वडा सदस्यहरु गोपाल नेपाली , चमकला नेपाली र अखिल छैठौं का केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई लगाएको उपस्थिति रहेको थियो भने श्रद्धाञ्जली शभाको संचालन माधव खनालले गर्नुभएको थियो ।
स्वर्गीय खनालका तीन छोराहरू राजनीतिमा मात्रै सकृय नभइ सामाजसेवामा पनि अब्बल मानिनुहुन्छ स्वर्गीय मिना खनालका तीन छोरा ,तीन बुहारी दुई छोरी र आठ नातिनातिनिहरु हुनुहुन्छ दम रोगबाट पीडित खनालको यहि श्रावण ५ गते बिहान ९ बजे ६६ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।