नरपानीमा राष्ट्रिय सहित मनोज स्मृति दिवस अबसरमा वृक्षारोपण

रुद्रमणि भुसाल 
नरपानी, अर्घाखाँची साउन १६  । निजामति कर्मचारी युनीयनको राष्ट्रिय सहित मनोज स्मृति दिबसको अबसरमा  नरपानीमा वृक्षारोपण गरेर मनाएका छन् ।  
नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिकाको वार्ड ६ नरपानीमा  निर्माधिन शहित मनोज ,झपेन्द्र ,सुरेन्द्र स्मृति पार्क परिषरमा बिभिन्न जातका २ सय ५० बिरुवा बृक्षरोपन गरिएको संगठनका जिल्ला अध्यक्ष गोबिन्द केसीले जानकारी दिनुभयो । 
बृक्षरोपन कार्यक्रममा कर्मचारी जनप्रतिनिधि तथा स्थानिय नागरिकको सहभागीता रहेको थियो । प्रदेश सरकारको रु ५० लाख र सन्धिखर्क नगरपालिको १५ लाखको आर्थिक सहयोग मनोज स्मृति पार्क निर्माण भैरहेको छ ।

अन्य समाचारहरु