छत्रदेब गाउँपालिको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न (तस्बिर सहित)

रुद्रमणि भुसाल 
छत्रदेब, अर्घाखाँची साउन १७   ।  अर्घाखाँचीको छत्रदेब गाउँपालिको आयोजनामा २०७५।७६भएका बिकास निर्माणको कामको बारेमा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।  
बार्षिक समिक्षा कार्यक्रममा बोल्दै छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्ररेलले पालिकाबाट छुटिएका योजनाको काम पार्दशि रुपमा समयमै सम्पन्न गर्न  सम्पुर्ण कर्मचारी वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यको सहयोगका कारण सफल भएको बताउनु भयो ।  
अध्यक्ष पोख्ररेलले हरेक चुनौती हुदा हुदै पनि देशमा रहेका ७५३ ओटा स्थानिय तहमा नमुना हुने गरि काम गरेको बताउनु भयो । अन्य स्थानिय तहमा छुटाएको  प्रशासनिक  खर्चमा  रकम बचाउन नसकेको अवस्थामा छत्रदेब गाउँपालिकाले प्रशासनिक खर्चमा निकै मितब्यइता अपनाएका कारण ८० लाख रुपैया  बचत गर्न  सफल भएकोे बताउनु भयो ।
 गाउँपालिकाकी उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले गाउँपालिकामा रितपुर्वक परेका २७ ओटा उजुरीमध्ये  २३ ओटा उजुरी फस्योर्ट गरेको बताउनु भयो ।  उपाध्यक्ष श्रेष्ठले जनप्रनिधि र कर्मचारीको राम्रो तालमेलका कारण समयमै सबै बिकास निर्माणका योजानको काम सम्पन्न गर्न सफल भएको बताउनु भयो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले २०७५।७६भएका सम्पुर्ण कामको १९ पृष्ठ लामो कार्यपत्रप प्रस्तुत गदै  चालु  पुजीगत खर्चमा ९३ प्रतिशत रकम खर्चगर्न गाउँपालिका सफल भएको बताउनु भयो । अधिकृत भुसालले २२ ओटा  कार्यपालिका बैठक र ४ ओटा गाउँसभाको बैठक सम्पन्न गरेको बताउनु भयो ।   
कार्यक्रममा वार्ड नं. ६ का वडा अध्यक्ष कमल पौडेल , वार्ड नं. ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , मुख्यमन्त्रि ग्रामिण बिकास कार्यक्रमका प्रतिनिधि प्रकाश ज्ञवाली , समाज सेवा तथा बातावरण सस्कृति समुहका बाबुराम पौडेल , एग्रो फरेष्टी पोलिटेक्नीकल इष्टिच्युटका शिक्षक डा राजु भुसाल , प्रधानमन्त्रि रोजगार कार्यक्रमका संयोजक इश्वरी पाण्डे ,  लगायतले स्वागत मनतब्य राख्नु भएको थियो ।  कार्यक्रम लेखा अधिकृत सन्तोष गैरेको संचालनमा सम्पन्न भएको हो  ।  
कार्यक्रममा बिषयगत शाखाका प्रमुख , ८ ओटै वडाका वडा अध्यक्ष बिकास साझेदारी सस्थाका प्रतिनिधि , लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु