डिआरजी सुमन
पाणिनी, अर्घाखाँची डटकम् व्युरो । जिल्लाको पुर्व दक्षिण ईलाकामा अवस्थित पाणिनी गाँउ पालिका फलफुल,मासु तथा दुग्धजन्य पदार्थ र तरकारीमा आत्मनिर्भर वन्दै छ । यस पालिकावाट पाल्पा र वुटवल क्षेत्रमा ठुलो परिमाणमा यस प्रकारका वस्तु निर्यात समेत हुन थालेका छन । पाणिनी गाँउ पालिका प्रमुख अच्युत गौतमलाई पनि कृषिप्रेमी नेताको रुपमा लिने गरिन्छ । कृषकप्रेमी नेता अच्युत गौतमले कृषकका गुनासो सुन्ने र समस्याको सहजिकरण समेत गरेको पाईन्छ । म आफु कृषकको छोरा भएको कारण कृषकका समस्यालाई प्रथामिकतामा राखेर काम गर्नेछु भन्ने शव्द प्रया: धेरै स्थानमा उहाँले प्रयोग गर्ने नारा नै भएको छ ।
पाणिनी गाँउ पालिकामा सुन्तला जातको खेती २५०० हेक्टर क्षेत्रफलमा गरिएको छ । यस पालिकाको सवैभन्दा धेरै सुन्तला उत्पादन हुने क्षेत्र वडा नं १ साविकको पणेना गाविस वडा नं १ सिम्ले रहेको छ । यस्तैगरी पोखराथोक , वाँसवोट , भुडभुडे , आँमडाडा , खुलैले, धयरचौर , हर्रावोट , खानीखरक , सादनवुटा , ढाँव , पटौटी , मैदान , धातिवाॅङ र अड्गुरीका विभिन्न स्थानमा सुन्तला उत्पादन हुने गरेको पाईन्छ ।
यस पाणिनी गाँउपालिका वाट गतवर्ष पन्ध्र करोड वरावरको सुन्तला तथा कागति विक्रि गरिएको थियो । यो वर्ष अठार करोड़ वरावरको सुन्तला विक्रि गर्ने अनुमान गरिएको भएता पनि आकस्मिक रुपमा आएको असिनाको कारण लक्ष्यमा पुग्न नसकिने भएको देखिएको छ । यस पटक पणेना, आँमडाडा, वाँसवोटमा असिनाको कारण ९०% सुन्तलामा क्षति भएको छ भने सुन्तला पकड़ क्षेत्र सिम्लेमा ५०% , पोखराथोकमा २०% , पटौटीमा ४०% क्षति गरेको छ । यो वर्षमात्र यस पालिकामा झण्डै आठ करोड़ वरावरको सुन्तला खेती असिनाको कारण नोक्सान भएको अर्घाखाँची जिल्ला स्थित सुन्तला स्रोत व्याक्ति चोलनाथ पौडेलले वताएका छन ।

पाणिनी गाँउ पालिकामा सुन्तला वगैचा सुदृढ़ीकरण कार्यक्रम वागवानी केन्द्र कीर्तिपुर काठमांडौवाट तीनवर्षे कार्यक्रम संचालन भएको थियो । जसमा पहिलो वर्ष २०७३ सालमा रु ३३,००,०००/- दोस्रो वर्ष २०७४ सालमा २०,८०,०००/- तेस्रो वर्ष २०७५ सालमा १०,४०,०००/- प्राप्त भएसँगै यो कार्यक्रमको प्रभावकारिताले कृषकका वगैचा सुधारमा निकै राम्रो व्यावस्था भएको छ । प्रधानमंत्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला वल्क कार्यक्रमको लागी रु ५,००,०००/- को लगानीमा पाणिनि गाँउ पालिका वडा नं १, २ , ३ र ४ मा कार्यक्रम संचालन भईरहेका छन । यस कार्यक्रममा १७ ओटा स्थानीय कृषक समुह आवद्ध रहदै कार्य गरी रहेका छन ।

यो वर्ष पाणिनि गाँउ पालिकावाट सुन्तला जातका विरुवा ५०% अनुदानमा वितरण गरेको छ । यसको अतिरिक्त सुन्तलाको विकासको लागी भने स्थानीय तहको लगानी नभएको कृषकको भनाई रहेको छ । जंगली वन्यजन्तु तथा मौसमको कारण कृषकहरुको खेतवारीमा हुने नोक्सानीको लागी राहत तथा क्षतिपूर्ति कहावाट पाँउने भन्ने विषयमा आवश्यक ज्ञान नहुदा कृषक चिन्तित देखिएका छन । यसमा विषयमा राज्यको वेलामा ध्यान जान जरुरी देखिन्छ । सरकारको निती तथा कार्यक्रमले कृषकको लागी विमा योजना समेटिएको भएतापनि कृषकले विमा कसरी र कहा गएर गराउने भन्ने विषयमा कृषकहरु नै अनबिज्ञ भएकोले अन्यौल परेका छन ।
कृषकको लागी संघीय तथा प्रदेश सरकारले कृषि क्षेत्रमा विनियोजन गर्ने रक़म स्थानीय सरकारले कटौती नगरी सवै रक़म उत्पादन क्षेत्रमा लगानी जरुरी छ । यसको अतिरिक्त कृषकलाई आवश्यक कृषीविज्ञ तथा प्राविधिक खटाई खेतवारीमा निरन्तर रुपमा अनुगमन र निरक्षण गरी कृषकलाई उचित रायसुझाव र तालीम दिएमा प्रतक्ष्य राहत हुने वताउछ पाणिनी गाँउ पालिका वडा नं १ सिम्लेका स्थिति पाणिनी सुन्तला जात तथा वागवानी वल्क संचालन समितीका संयोजक रेवती प्रसाद पौडेल ।
कृषि उद्यमीलाई स्थानीय तहले सपोर्ट गरी कृषकको मनोबल उच्च राख्ने काम गरेमा युवाहरुको कृषितर्फको आकर्षण वढने थियो भन्नु हुन्छ सुन्तला स्रोत व्याक्ति चोलनाथ पौडेल । स्थानीय तहले कृषकसँग समन्वय गरी रायसुझाव लिई सोही वमोजिम व्यावसायिक कृषिमा लगानी गर्न स्थानीय कृषि उद्यमी चिरन्जीवी पौडेलको आग्रह छ । कृषकले उत्पादन गरेको मासु तथा फलफुलको उचित मुल्य निर्धारण सरकारले नै तोक्नुपर्नेमा जोड़ दिनु हुन्छ स्थानीय कृषक भोजराज पौडेल । व्यावसायिक रुपमा अण्डा,मासु तथा दुध र दुग्धजन्य पदार्थ उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप अनुदानको व्यावस्था राज्यको तर्फवाट भएमा कृषितर्फ धेरैको ध्यान जाने वातावरण वन्न सक्छ भन्नुहुन्छ कृषि उद्यमी खगेन्द्र पौडेल । कृषकको उत्पादनमा उचित मुल्य नभएको कृषकको गुनासो रहदै आएको छ ।

यस क्षेत्रको फलफुल तथा कृषि जन्यवस्तुको संकलनको लागी आवश्यक कोल्डस्टोर (चिस्यान केन्द्र) को निर्माण कार्यको लागी रु दुई करोड़ पचास लाख वरावरको अनुमानित वजेट तय गरिएको छ । योजनाको २५% रक़म स्थानीय कृषक तथा स्थानीय तहले लगानी गर्ने र ७५% रक़म प्रदेश पाँच सरकारले लगानी गर्ने संझौता भएको शिवशक्ति मिश्रित कृषक समुहका अध्यक्ष चिरन्जीवी पौडेलले वताउनु हुन्छ ।
पाणिनी गाँउ पालिका वडा नं १ मा क्रियाशील शिवशक्ति मिश्रित कृषक समुहको आफ्नै स्वामित्वमा रहेको जग्गा ख़रीद गरी सोही जग्गामा पाणिनी गाँउ पालिका वडा नं २ साविकको पोखराथोक वडा नं १ कारीगाँउमा ३०० मेट्रिक टन क्षमताको कोल्डस्टोर को निर्माण कार्य सुरु भएको छ । यो चिस्यान घर निर्माण कार्य सुरु भईरहेको छ । यस निर्माण कार्यको नेतृत्व स्थानीय शिवशक्ति मिश्रित कृषक समुहले गरेको छ । पाणिनी गाँउ पालिका वडा नं १ पणेना सिम्ले सुन्तला उत्पादन गर्ने मुख्य केन्द्र वन्न सफल स्थान हो ।