बिष्णु कुमार आले
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले अर्घाखाँचीको शितगंगा ११ सिद्धाराको तराईसँग जोडिएको १ सय २० बर्ग किलोमिटर तराई क्षेत्र कपिलवस्तुमा गाभिएकाले सिमा बिबाद टुङ्गाउन आफू लागि परेको बताउनु भएको छ ।
सिमा क्षेत्रमा रहेको शितगंगाको मौवाबारी, लुङग्री लगायत यति धेरै क्षेत्रफल बाहिरिएकोमा आफु चकित भएको भन्दै सिमा क्षेत्र बिवाद टुंगो लगाउन नगरपालिकाले यसलाई पहिलो मुद्धाको रूपमा अगाडि सारिएको बताउनुभयो । प्रमुख आसनबाट संबोधन गर्दै नगर प्रमुख अधिकारीले कार्य सम्पादन गर्ने शैलीमा जनप्रतिनिधी, उपभोक्ता र कर्मचारीको भूमिका एक बर्ष भित्रमा कस्तो रह्यो भन्ने बारेमा छलफल गरी निष्कर्षको आधारमा अगाडी बढ्नका लागि १४ ओटै वडामा बार्षिक प्रगती समिक्षा तथा कृषि अनुदान कार्यक्रम सुरु गरिएको बताए ।
नगर प्रमुख अधिकारीले नेपालकै ठुलो शितगंगा नगरपालिकामा संघ र प्रदेशबाट आउने अनुदान रकम अप्रयाप्त भएको भन्दै ठुलो क्षेत्रफल रहेको नगरपालिकामा सानो रकमले बिकासका योजनामा बजेट बनाउनै कठिन भएको उल्लेख गरे । १ सय ५० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका नगरपालिका र ७ सय ३० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकालाई एउटै तुलनामा राखेर दिएको बजेट बिभेदकारी र अन्यायपुर्ण भएको उनले बताए ।
अहिले सम्म शितगंगा नगरपालिकामा आउने गरेको बजेट बिकासमुखी बजेट नभएर बितरणमुखी बजेट आउने गरेको भन्दै नगर प्रमुख अधिकारीले क्षेत्रफलको आधारमा बजेट बितरण गर्न माग गरे । नगर प्रमुख अधिकारीले खयरबट्टी, फोर्सल खानेपानी, मौवाबारी सिचाई, सडक निर्माणमा जोड दिईने बताए ।
आव ०७५