डिआरजी सुमन
मैदान, अर्घाखाँची डटकम् / व्युरो । पाणिनी गाँउ पालिका वडा नं ५ मा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय सम्पर्क समिति, वडा स्तरिय सम्पर्क समिति र प्रहरीको उपस्थितिमा प्रहरी साझेदारी कार्यक्रमको समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिका वडा नं ५ को कार्यालयमा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी साझेदारी प्रभावकारी भएकोले यसलाई निरन्तरता दिन आवश्यक रहेको उपस्थित सवैको अनुरोध थियो । यो कार्यक्रमले प्रहरी र जनताको विचमा सम्बन्ध निकट राख्न सहज भएको नेकपा मैदानका अध्यक्ष इन्द्रमणी घिमिरेको धारणा थियो । यस्तै स्थानीय स्तरमा वादरको प्रकोप रहेकोले यसलाई नियन्त्रणको लागी जनतालाई सहज विकल्प दिन आवश्यक रहेको नेपाली कांग्रेस नेता शालिकराम घिमिरेको अनुरोध थियो । पालि प्रहरी चौकिले वडा नं ५ मा ल्याएको कार्यक्रम प्रभावकारी रहेको वडा नं ५ अध्यक्ष जीवलाल घिमिरेले वताउनु भयो ।
मैदानमा प्रहरी साझेदारी कार्यक्रमले प्रभावकारी वनाउदै साईवर अपराध,जंगली जनावर आक्रमण, मदिरा सेवन,लागु औषध नियन्त्रण, गाँजा फडानी र ट्राफिक सचेतना लगायतका विभिन्न कार्यमा प्रहरी सक्रिया रहेको थियो । अर्घाखाँची जिल्लाको पुर्व दक्षिणी ईलाका पाणिनी गाँउ पालिका स्थित पाली प्रहरी चौकी जनताको घरदैलौमा दैनिक जसो पुग्ने गरेको छ ।
भौगोलिक क्षेत्र लामो रहेको मैदानको भर्तापुर देखी धातिवाँङ,पाली,अड्गुरीमा प्रहरी सक्रिय रहदै आएको प्रहरीले मैदानमा एक कार्यक्रमको विच समिक्षा गरेको छ । पालि प्रहरी चौकिले पाणिनी गाँउ पालिका स्थित चारओटा वडा लाई कड़ा रुपमा सुरक्षा दिदै आएको छ । यसै त पालि प्रहरी चौकिले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममा निरन्तरता दिदै आएको थियो आगामी दिनमा पनि निरन्तरता दिनु पर्नेमा उपस्थितीको धारणा थियो ।
यस चौकिको नियन्त्रणमा रहेका कुनैपनि क्षेत्रमा समस्या परेको खवर पाउनसाथ रात दिन नभनी हामी जनताको घर दैलोमा पुग्ने गरेका छौ पाली चौंकी प्रमुख आरएन चौधरीले अर्घाखाँची डटकमलाई भन्नु हुन्छ ।
प्रहरी साँझेदारी कार्यक्रमको प्रभावकारिता र यसको समीक्षा गर्ने गरी चारवटै वडामा वडा स्तरीय समीक्षात्मक कार्यक्रम गर्ने योजना वमोजिम मैदानमा सम्पन्न भएको छ भने वाँकि तीन ओटा वडाको तयारीमा रहेको पाली प्रहरी चौकि प्रमुखले जानकारी गराएको छन ।
– तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्