अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ११ डिभर्ना जोगीमारेको जंगलमा भीषण आगलागी भएको छ ।
डिभर्ना जोगीमारेको जंगलमा भीषण शनिबार दिउसो आगलागी भएको हो । जोगीमारेको गाउँबस्ती देखि टाढा जंगलमा लागेको आगलागी नेपाल प्रहरी र स्थानियबासीको संयुक्त प्रयासमा नियन्त्रण आएको थियो ।
स्थानियबासीका अनुसार बादर लखेट्न जंगलमा कसैले आगो लगाएको हुन् सक्ने बताएपनि आगलागीको कारण खुल्न सकेको छैन् ।
अर्घाखाँचीमा साउन महिना पानी नपर्दा केही गर्मी बढेको महसुसु गरिएको छ ।