डिआरजी सुमन
अर्घाखाँची डटकम/व्युरो १९ साउन २०७६, मैदान । पाणिनी गाँउ पालिका वडा नं ५ नेटाका पोखरामा रहेको सफल दुध संकलन समुहको दोस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । नेटाका पोखरामा रहेको समुहको संकलन केन्द्रमा पाणिनी ४ पटौटी, पाणिनी ५ मैदान, पाणिनी ६ धातवाॅङ देखि दुध संकलन हुने गर्दछ ।
स्थानीय क्षेत्र सहित पाणिनी ४ स्थित देउराली छुर्पी उद्योग हुदै पाल्पा सहित पोखरा सुजल डेरी सम्म दुध निर्यात हुने गरेको छ । यस डेरीदेखि वार्षिक रुपमा ६० लाख वरावर आम्दानी हुने गरेको अध्यक्ष देविलाल न्यौपानेले गराउनु भयो ।
डेरी विकासको लागी पाणिनी गाँउपालिका देखि चिस्यान स्टोर खरीदको लागी रु २ लाख २५ हजार, गोठसुधारको लागी जिल्ला पशुसेवा कार्यालयदेखि रु १ लाख ५० हजार,पाणिनी गाँउपालिका देखी गोठसुधार कै लागी १ लाख ६० हजार, गाई पालन अनुदान ८० हजार, घाँस काट्ने मेशिन २० हजार वरावर सहयोग मिलेको छ । यसको अतिरिक्त २ रुपया अनुदान कार्यक्रममा १ लाख ८९ हजार ८ सय ११ रुपैया र एउटा जेनेरेटर उपलव्ध भएको छ । यो डेरी विकासको लागी पाणिनी गाँउ पालिका वडा नं ४ देखी डेरी सुधार कै लागी २५ हजार र वडा नं ५ देखी डेरी सुधार गर्न ५० हजार सोही शिर्सकमा सहयोग प्राप्त भएको छ ।
विक्रम सम्वत् २०६९ सालमा स्थापना भएको यो समुहको केन्द्र पाणिनी ५ नेटाका पोखरामा रहेको छ । यस समुहको अध्यक्ष देवीलाल न्यौपाने, सचिव नारायण अधिकारी , कोषादक्ष्य मिना घर्तिको नेतृत्वमा रहेको छ । २०७५ सालमा पाणिनी गाँउपालिका वाट किसान सम्मान गर्ने समुह वनेको छ । यस डेरीको थप विकासको लागी तत्काल एउटा भवन,ईनलाईजर मेशिन र कृषकको लागी उचित तालीम र सुविधा सहितको प्याकेजको आवश्कता रहेको समुहका अध्यक्ष न्यौपाने वताउछन ।
पाणिनी गाँउ पालिकाको वडा नं ५ नेटाका पोखरामा सम्पन्न भएको दोस्रो वार्षिक उत्सव पाँच नं प्रदेश सांसद राम्जी प्रसाद घिमिरेको प्रमुख आथित्यता,पाणिनी गाँउ पालिका उपादक्ष्य लक्ष्मी गौतमको विशिष्ट आथित्यता, वडा नं ५ का वडा अध्यक्ष तथा सदस्य र वडा नं ४ का सदस्य, स्थानीय तथा जिल्ला स्थित राजनितिक दलका नेताहरुको आथित्यता र स्थानीय कृषक , समाज सेवी , उद्यमी व्यावसायिको उपस्थित रहेको सो कार्यक्रमको समुहका अध्यक्ष देवि लाल न्यौपानेको अध्यक्षता,शिव खनालको स्वागत मन्तव्य र कृष्ण गैरेको संचालनमा सम्पन्न भएको थियो ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्