सुर्य भुसाल
छत्रदेब, अर्घाखाँची । छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले छत्रदेब गाउपालिका भित्र प्राबिधिक शिक्षालाई अनिवार्य गराउनका लागि गृर्हकार्य शुरु गरिएको बताउनु भएको छ ।
छत्रदेब गाउँपालिका अर्घाखाँचीले गाउँपालिका भित्र कृषी क्षेत्र बिउ बिजन उत्पादन प्रवर्धनका लागि सहकार्यका सम्बन्धि छत्रदेव गाउँपालिका र लुम्बिनी सिड कम्पनि र एग्रो फरेष्ट्रि पोलिटेक्निक ईन्ष्टिच्युट बिच त्रिपक्षिय सम्झौताका लागी आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष पोख्रेलले प्राबिधिक शिक्षा आजको मुख्य आबश्यक्ता रहेको बताउदै गाउँपालिकालाई नेपालको नमुना गाउँपालिका बनाउने अभियानमा आफुहरु लागि परेको बताउनु भयो ।
उहाले भष्टचार मुक्त पालिका खरका छाना मुक्त पालिका काठका पोल मुक्त पालिका दलित उज्यालो कार्यक्रम खानेपानी समस्या समाधान गर्ने कार्यलाई तिब्र पारिएको बताउनु भयो ।
कार्यक्रममा उपाध्यक्ष तुल्सादेबि श्रेष्ठ वार्ड अध्यक्ष राजेस पन्थि कमल पौडेल लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।