अर्घा भगवती विमानस्थल निर्माण कार्य शुभारम्भ, २०७७ सालको कार्तिकसम्म सम्पन्न हुने (तस्बिर, भिडियो सहित)
श्रावण २२ गते, २०७६ मा प्रकाशित
सुर्य भुसाल
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा भगवती विमानस्थल निर्माण कार्यको एक कार्यक्रम बिच शुभारम्भ गरिएको छ।
विमानस्थल निर्माण कार्यको पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले रिवन काटी शुभारम्भ गर्नु भएको थियो ।
सिलन्यास कार्यक्रममा रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्यहरु चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नागरिक उद्घयन प्रधिकरणका इन्जिनियर लगायत जनप्रतिनिधि राजनैतिक दलका प्रमुख, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियोे ।
लुम्बिनी अर्घाखाँची पुष्पा जेभीले उक्त बिमानस्थलको रनओए च्यानेज 0+३५० देखि 0+८५० सम्म ५०० मि. ४० देखि ७० मिटरको चौडाइमा खन्ने र ११०० घ.मि. जाली लगाउनु पर्ने उक्त विमानस्थलको सम्झौता पत्रमा उल्लेख गरिएको छ। जुन कुल ५,६९,६२,३३६.५२ भ्याट सहित रहेको छ।
बुधवारबाट निर्माण कार्य शुरु भएको विमान स्थलको यो सम्झौता २०७७ साल कार्तिक ५ गतेसम्म सम्पन्न गरिसक्नु पर्ने छ।