अर्घाखाँचीमा पिपलको महत्त्व न बुझ्दा पिपल रोपनेको कमी

हरि कुँवर 
सन्धिखर्क, अर्घाखाँची  २३ साउन  (अर्घाखाँचीडट्कम) । पिपलको महत्त्व न बुझ्दा अर्घाखाँचीमा पिपल रोपनेको संख्यामा कमी भएको छ ।
पिपल एउटा यस्तो वृक्ष हो जसले मानव जीवन्  सङ्ग नाता गासेको छ । पीपल को महत्त्व थाहा नभएकै कारण वृक्ष रोपनेको संख्या अर्घाखाँचीमा पहिला भन्दा कम भएको पाइन्छ । पहिलेको पुस्ताले चौपाया बनाएर पीपल र बर रोप्ने गर्दथे । यहिले को पुस्ताले पिपल रोपेको खासै देखिदैन् । अर्घाखाँचीमा  करिब ३०४ भएका केहि  पिपल पनि आफै सुकेर जाने गरेका छन । 
 हिन्दु धर्म अनुसार  पीपल को पात पात मा भगवानहरु को वास हुन्छ  भगवान मानेर पुजा गर्ने धार्मिक परम्परा छ । 
 त्येसैले पुजा पाठमा यसको प्रयोग गर्ने गरिन्छ ।  पुजा गर्नु को पछाडी वैज्ञानिक कारण पनि भएको पाइएको छ । पीपल यस्तो वृक्ष हो  जसले  २४ घन्टा सफा आक्सीजन छोड्ने गर्छ । 
जसले गर्दा पिपल को नजिक जादा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ। दिन को दुई तिन वटा पात पकाएर पानी खानाले निमोनिया अलसर जस्ता रोगमा आराम मिले गरेको छ । अहिलेको पुस्ताले पनि एउटा गाउँमा दुई चार वटा पिपल रोपे वातावरण संन्तुलन सगै मानवीय जीवनमा ठुलो भुमिका खेल्ने छ ।

अन्य समाचारहरु