सन्धिखर्क ८का वडाअध्यक्ष ईश्वरीप्रसाद भुसाललाई पितृ शोक

 शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं.८का अध्यक्ष ईश्वरीप्रसाद भुसाललाई पितृ शोक परेको छ । उहाँका पिता धर्मराज भुसालको ८५ बर्षको उमेरमा आफ्नै निबास सन्धिखर्क ८ किमडांडामा बिहिवार साँझ निधन भएको हो । दिवंगत भुसाल जिल्लाका अगुवा समाजसेवी हुनुहुन्थ्यो । 
स्वर्गीय भुसालको बिहिवार साँझ सन्धिखर्कको गच्छेघाटमा अन्तिम दाहा संस्कार तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शोक मन्तव्य राख्दै पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले बयोबृद्ध समाजसेवि धर्मराज भुसालको निधनले आफुलाई निक्कै मर्माहत बनाएको बताउनुभयो । उहाले स्वर्गीय भुसालको मुक्तकण्ठले प्रसंसा गर्नुभयो ।
प्रदेश सभाका सदस्य तथा नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले अग्रज समाजसेवी भुसालको निधनले आफु निक्कै दुखि एवं चिन्तित भएको बताउँदै उहाँका अधुरा सपना साकार पार्ने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्कका अध्यक्ष श्रीकृष्ण भुसालको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल ,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा लगायतका बक्ताहरुले शोक मन्तव्य राख्दै दिवंगत समाजसेवी भुसाल सधैव अमर रहने बताउनु भयो । 
स्वर्गीय भुसालका ३ छोरा र दुई छोरी हुनुहुन्छ ।

अन्य समाचारहरु