अर्घाखाँचीडट्कम संवाददाता
छापडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ३ को छापडाँडा, रोकाहाटोला र स्यानडाँडामा महिला तथा बालबालिका बिरुद्ध लैङगिक हिंसा, घरेलु हिंसा, बाल बिवाह ,दाईजो प्रथा नियन्त्रण, लागु पदार्थ नियन्त्रण, मापसे सेवन तथा ट्राफिक नियम सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ३ को वडा कार्यालयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठन भएको वार्ड समिति र छापडाँडा टोल समिति रोकाहाटोला टोल समिति र स्यानडाँडा टोल समितिको संयोजक लगायत सम्पुर्ण सदस्य र आमन्त्रित सदस्यका बिच बिभिन्न समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
साथै बिगतमा गरेका कार्यहरुको समिक्षा र आगामी दिनहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रमले कसरी थप प्रभावकारी बनाउन सकिन्छ ?, आगामी दिनमा के,कस्ता, कार्यक्रम गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो ।