अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडाको श्री ठाडा दह आधारभुत बिद्यालयमा महिला तथा बालबालिका बिरुद्ध लैङगिक हिंसा, घरेलु हिंसा, बाल बिवाह ,दाईजो प्रथा नियन्त्रण, लागु पदार्थ नियन्त्रण, मापसे सेवन तथा ट्राफिक नियम सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार प्रहरी-बिद्यालय सम्पर्क कार्यकम अन्तर्गत श्री ठाडा दह आधारभुत बिद्यालयमा महिला तथा बालबालिका बिरुद्ध लैङगिक हिंसा, घरेलु हिंसा, बाल बिवाह ,दाईजो प्रथा नियन्त्रण, लागु पदार्थ नियन्त्रण, मापसे सेवन तथा ट्राफिक नियम सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
श्री ठाडा दह आधारभुत बिद्यालयमा अध्ययनरत छात्र-छात्रा, शिक्षक र स्थानियप्रतिनिधीलाई प्र.नि.गणेश बहादुर नरालले महिला तथा बालबालिका बिरुद्ध लैङगिक हिंसा, घरेलु हिंसा, बाल बिवाह ,दाईजो प्रथा नियन्त्रण, लागु पदार्थ नियन्त्रण, मापसे सेवन तथा ट्राफिक नियम सम्बन्धी बिषयमा सचेतना मुलक प्रशिक्षण कार्यक्रम गर्नु भएको थियो ।