धारापानीको फलामखिल्लीमा घरेलु मदिरा तथा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
फलामखिल्ली, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं.४ धारापानीको फलामखिल्लीमा घरेलु मदिरा तथा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार धारापानीको फलामखिल्लीमा स्थानियबासी, बुद्धिजिवी, युवाहरुको उपस्थितिमा घरेलु मदिरा तथा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । 
 प्र.स.नि.कर्ण बहादुर थापाले घरेलु मदिरा तथा लागु औषध नियन्त्रण सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु