ढाकावाङ्गको हाटजारमा दाईजो प्रथा नियन्त्रण, जुवातास सम्बन्धी अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
हाटजार, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. २ ढाकावाङ्गको हाटजारमा दाईजो प्रथा नियन्त्रण, जुवातास सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
प्रहरी चौकी ढाकावाङ अर्घाखाँचीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार ढाकावाङको हाटजारमा स्थानियबासी बुद्धिजिबि, भद्रभलादमी, महिला,युवाहरुको उपस्थितिमा दाईजो प्रथा नियन्त्रण, जुवातास सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । 
प्र.स.नि.गणेश गिरीले दाईजो प्रथा नियन्त्रण, जुवातास सम्बन्धी विषयमा छलफल अन्तरक्रिया तथा सचेतना मुलक कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु