सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि बैठक नै नबसी २१ लाख रुपैयाँ भत्ता बुझे


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधि बैठक नै नबसी भत्ता बुझ्ने गरेको भेटिएको छ । नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालकै नेतृत्वमा बैठक नै नबसी बैठक भत्ता स्वरुप गत वर्ष करिब २१ लाख रुपैयाँ लिएका छन् ।
नगरपालिकाका प्रतिनिधि निर्वाचित भएपछि अहिलेसम्म एक पटक पनि औपचारीक बैठक भएको छैन । तर हरेक महिनामा ३,४ दिन बैठक भएको भन्दै  बैठक भत्ता लिएको छन् । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्काले महिनौंसम्म मासिक बैठक नबसी १२ महिनाको  बैठक भत्ता लिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन्। उनले सामाजिक सन्जाल फेसबूकमा “सन्धिखर्क नगर पालिकाको मासिक मिटिइङ कति महिनामा बस्छ होला?के भत्ता १२ महिनाको खान मिल्छ होला र?” भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् । 
उता सन्धिखर्क नगरपालिकामा मिटिङ भत्ता भन्दै जनप्रतिनिधीहरुले आर्थिक वर्ष २०७४ -७५ मा २० लाख ८९ हजार बैठक भत्ता लिएका छन् । यस्तै आर्थिक वर्ष २०७५ -७६ को बैठक भत्ताको लागि ३८ लाख अनुमानित बजेट प्रस्तावित गरिएको छ ।
स्थानीय तहका पदाधिकारीको सेवासुविधासम्बन्धी ऐन अनुसार सन्धिखर्क नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र वडाअध्यक्षले बैठक भत्ता एक हजार पाउन्छन् । यस्तै वडासदस्यहरूले पनि हजार रुपैयाँ बैठक भत्ता पाउन्छन् । तर, मासिक पारिश्रमिक लिने प्रमुख, उपप्रमुख र वडाध्यक्षले भने बैठक भत्ता पाउँदैनन् । महिनामा बढीमा तीनवटा बैठक बस्न पाउनेछ, तर एउटा बैठक अनिवार्य रूपमा बस्नुपर्नेछ ।
यस्तै सन्धिखर्क नगरपालिकाका प्रतिनिधिहरुले गत वर्ष ४२ लाख ६५ हजार ७ सय ६ तलब लिएका छन् । तलब अनुसार नगर प्रमुख ३० हजार, उपप्रमुख २५ हजार र वडाअध्यक्षले २० हजार लिने गरेका छन् ।
आ.व. २०७५/०७६ चालु तथा पुँजीगत कार्यक्रम र बजेट:- 

कार्यालय बस्दैनन् कुनै पनि प्रतिनिधि, 
 
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख, उपप्रमुख कार्यालयमा नबस्दा सेवाग्राही दु:ख पाउदै आएका छन् । उनिहरु निर्वाचित भएदेखि अहिलेसम्म पुरा दिन कार्यालय नबसेको र अहिले पनि अटेर गर्दै आएका छन् ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक कहिले पनि कार्यालयमा बस्दैनन् भन्ने सेवाग्राहीको लामो समयदेखि गुनासो आएको देखिन्छ । किराना पसल, स्कुलका विदाई, स्वागत कार्यक्रम जस्ता अनावश्यक कार्यक्रममा दुवै जना भत्ता पचाउन जाने गरेको नगरबासीको भनाई छ । कुनै पनि कार्यक्रममा प्रमुख, उपप्रमुख सँगै जानुपर्दैन, एक जना गए पुग्नेमा नियमित कार्यालय छोडेर उनिहरु दिनभर भत्ताका लागि गाडी, इन्धनको दुरप्रयोग गरेको देखिन्छ, सन्धिखर्कका एक जना व्यापारीले बताए । उनिहरु विहान १० बजे देखि ४ बजेसम्म कहिले पनि कार्यालयमा बसेको रेकोर्ड छैन् । 
तस्बिरमा कार्यालय समय पौने ११ बजे, सेवाग्राहीहरु बाहिर पर्खेर बसेका थिए;

अन्य समाचारहरु